
८ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी बढाउन फ्रान्ससँग आह्वान गरेका छन् । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।
सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका हुन् ।
लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसका लागि सहजीकरण गरिदिन राजदूतसँग आग्रह गरे ।
कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनर्निर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सम्बन्धमा समेत सकारात्मक कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ । भेटमा जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।
प्रतिक्रिया 4