+
+

विद्युतीय यातायातलाई सरकारले बढावा दिन्छ : मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १६:५७

९ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छिन् ।

मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन् ।

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन् ।

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन् ।

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन् ।

‘मलाई खुशी लागेको छ, अब नेपालमा इलेक्ट्रिसिटीबाट चल्ने अटो रिक्साको लञ्च भएको छ, आजसम्म आइपुग्दा नेपालीहरुलाई चाहिने पर्याप्त जलविद्युतको उत्पादन गरिसकेका छौँ।’ उर्जामन्त्री भुसालले भनिन्, ‘सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिने नीति ल्याएको छ, अब सरकारी कार्यालयका साधनहरु विद्युतिय खरिद गर्ने नीति सरकारले लिएको छ,सार्वजनिक यातायातका ठूला साधन बढाउने निर्णय गरेको छ ।’

मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको बताइन् । उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?