+
+

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

रासस रासस
२०७८ कात्तिक ११ गते १२:०१

११ कात्तिक, दमक । झापाको गौरादह- १ स्थित भित्रीपक्की सडकमा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका-६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो ।

बुधबार राति भएको दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसैगरी पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमकमा मे७प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी-७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?