+
+

भुवन, शिव, करिश्मा र गौरीले एकसाथ भने- हामी कलाकार हौं, उपाधि चाहिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:४६

नायिका गौरी मल्ललाई ‘महानायिका’ भनेपछि नायकद्धय शिव श्रेष्ठ र भुवन केसी विवादमा तानिए । भुवन र शिवको यो कुराले नायिका करिश्मा मानन्धरल पनि खासै खुशी थिइनन् । उनै, करिश्मा बुधबार भुवन, शिव र गौरीको साथमा एक कार्यक्रममा देखिइनन् । करिश्माको साथमा देखिएका भुवन, शिव र गौरीले मिडियाका कारण यो विवाद उचालिएको तर्क गरे ।

यसैविच, अनलाइनखबरले गौरी मल्ल र करिश्मा मानन्धरलाई कुन उपाधिले सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न गर्दा नायक भुवन केसीले भने–‘कलाकार शिव श्रेष्ठ । कलाकार गौरी मल्ल । कलाकार शिव श्रेष्ठ । कलाकार भुवन केसी ।’ भुवनले यसो भनिरहँदा अन्य ३ कलाकारले उनको कुरामा समर्थन जनाए । करिश्माले भनिन्–‘हामीलाई कुनै उपाधि चाहिदैन । हाम्रो नामको अगाडि कलाकार जोडिदिए पुग्छ ।’

शिव र गौरीले पनि आफूहरु कलाकार मात्र भएको बताए । नेपाली चलचित्र क्षेत्रमा केही समयदेखि ‘महानायक र महानायिका’को विवाद चर्किएको छ । अब, यी चार कलाकारले यो विवादलाई फेरि निकाल्छन् या निकाल्दैनन्, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?