+
+

वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १९:५४

११ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर पहिलो साता शुरु हुने भएको छ ।

क्यानले बिहीबार सबै प्रादेशिक क्रिकेट संघलाई पत्र लेख्दै मंसिर ४ गतेदेखि यू-१९ प्रतियोगिता हुने र त्यसका लागि प्रादेशिक प्रतियोगिता गर्न भनेको छ ।

क्यानले कात्तिक १९ गतेभित्र जिल्ला टिम तयार गरी कात्तिक ३० गतेभित्र प्रादेशिक प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यक्रम तयार गर्न भनेको छ ।

यस्तै प्रतियोगिता बारेमा थप जानकारी अर्को पत्रमार्फत गराउने क्यानका महाप्रबन्धक रौनक बहादुर मल्लद्वारा पठाइएको पत्रमा जनाइएको छ ।

यस्तै प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको जन्म मिति २०५९ साल भाद्र १६ गते अर्थात १ सेप्टेम्बर २००२ देखि यताको हुनुपर्ने क्यानले जनाएको छ ।

क्यानले यू-१९ राष्ट्रिय टिम र प्रतियोगिता आयोजना गर्नका लागि गत चैतमा चौधरी ग्रुपसँग पाँच वर्षको लागि सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?