+
+

कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १३:२७

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत प्रस्थान गर्नु भएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?