+
+

भोलिको चुनावमा ओलीको पार्टी टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १५:२९

१३ कात्तिक, बिराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताएका छन् । साथै अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत उनको दाबी छ ।

शनिबार बिराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलार्ए सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताए । उनले अघि भने, ‘आज केपी ओली भुईँमा पुगेका छन् । एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ ।’

एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ डिग्री स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको उनले बताए ।

सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएर उनले बताए । मालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उनले बताए ।

अहिले भर्खर बागमतीमा पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?