+
+

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाइ थाले

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १६:३२

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अपरान्ह इजलासमा बसेका छन् ।

सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएका छन् ।

सर्वोच्च प्रशासनका अनुसार अपरान्ह ३ बजे एकल इजलासमा पुगेका प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।

महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरु वहस गरेका थिए । प्रारम्भिक सुनुवाइमा स्वतन्त्र कानुन व्यवसायीहरुको वहस आवश्यक नपर्ने भएकाले सरकार वकिल पक्ष मात्रै सम्मेलित हुँदा पनि प्राधानन्यायाधीश जबरालाई सहज भएको हो । सुनुवाइ पछि आदेश आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?