
१५ कात्तिक, काठमाडौं । जापानमा आइतबार सम्पन्न आमनिर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तासीन दलले सहज बहुमत प्राप्त गरेको छ ।
किशिदाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) संसदको तल्लो सदनका कुल सिटमध्ये सरकार गठनका लागि चाहिने २३३ भन्दा बढी सिट जित्दै एकल बहुमत लाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । एलडीपीले ४६५ सिटमध्ये २६१ सिट जीतेसँगै किशिदाले अन्य पार्टीको समर्थनबिनै सरकार गठन गर्न सक्नेछन् ।
एक महिनाअघि प्रधानमन्त्री बनेका ६४ वर्षीय किशिदा एलडीपीका अध्यक्ष समेत हुन् । एक वर्ष प्रधानमन्त्री बनेका पूर्ववर्ती योशिहिदे सुगाले सेप्टेम्बरमा राजीनामा दिएपछि किशिदा प्रधानमन्त्री भएका थिए ।
किशिदाको सत्तासीन पार्टीले दशकौंदेखि जापानी राजनीतिमा बर्चश्व कायम गर्दै आएको छ । तर पछिल्लो समय कोभिड महामारी व्यवस्थापनलाई लिएर पार्टीले आलोचना खेप्दै आएको छ ।
प्रतिक्रिया 4