+
+

संसदको उपसचिव पदमा सबै परीक्षार्थी फेल !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:५९
संघीय संसद

१५ कात्तिक, काठमाडौं । लोकसेवा आयोगले संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा कुनै पनि उम्मेदवार उतीर्ण हुन सकेनन् ।

आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो । ३ जना उपसचिव माग गरेकामा २ जना मात्र परीक्षामा सहभागी भएका र उनीहरु लिखित परीक्षामा नै असफल भएका लोकसेवा आयोगले जनाएको छ ।

लिखित परीक्षामा नै असफल भएपछि अन्तर्वार्ताका लागि कोही पनि छनोट भएनन् र ती पद खाली नै रहन गएको छ ।

हेर्नुहोस् लोकसेवा आयोगको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment