+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुन-चाँदीका सिक्का वितरण गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:३२

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का वितरण शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवत्ता देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले केही वर्ष पहिले सर्वसाधारणहरुका बहुमूल्य सिक्का बिक्री वितरण गर्दै आएको थियो । सुन तथा चाँदीको बन्ने यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पुँजाको दिनमा पुँजा गर्ने चलन छ । विगत केही वर्षदेखि यसरी बाड्ने क्रम रोकिएकोमा यस वर्षदेखि पुनः शुरु गरिएको प्रवक्ता ढकालले बताए ।

‘हामीले पहिले नियमित रुपमा सिक्का बाड्ने गरेका थियौं, बिचमा यो क्रम रोकिएको थियो’ प्रवक्ता ढकाल भन्छन्, ‘विशेष अवसरहरुसँगै अब हामी नियमित रुपमा वितरण गर्छौ ।’ उनका अनुसार अहिले राष्ट्र बैंकले १० ग्राम र ५ ग्रामको सिक्का उपलब्ध गराउँछ ।

यसका लागि सर्वसाधारणले बजार मूल्य अनुसार सिक्काको मूल्य भुक्तान गर्नुपर्नेछ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको विक्री सुरु गरेको हो ।

राष्ट्र बैंकले यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक-एक थान असर्फी सिक्का वितरण गर्ने गरेको छ । सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?