
१५ कात्तिक, काठमाडौं । वित्तीय पहुँचको अवस्था कर्णाली प्रदेशमा अत्यन्तै कम देखिएको छ । मुलुकको संघीय राजधानी काठमाडौंमा वित्तीय पहुँचको अवस्था सबैभन्दा धेरै राम्रो देखिँदा कर्णाली प्रदेश भने कमजोर देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सात वटै प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा, सहुलियत कर्जा लगानीको अवस्था लगायतको विषयमा अध्ययन गरेको छ । सोमबार सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बागमतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।
तर कर्णाली प्रदेशमा तुलनात्मक हिसाबले सबैभन्दा कम देखिएको राष्ट्र बैंकले बताएको छ । अध्ययनले विभिन्न परिसूचकहरूको विश्लेषणका आधारमा यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा केन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ९३४ प्रतिशत० बागमती प्रदेशमा र सबैभन्दा कम ९४ प्रतिशत० कर्णाली प्रदेशमा रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८।१ प्रतिशत र कुल कर्जाको ५६।६ प्रतिशत बागमती प्रदेशमा रहेको छ ।
कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।
औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको भन्दै राष्ट्र बैंकले तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको बताएको छ ।
प्रतिक्रिया 4