+
+

विना गल्ती प्रहरीले झापड हान्यो, एक घन्टा हिरासतमा राख्योः सुशान्त खत्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते २०:००

डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले कुनै कसुरविना नै नियन्त्रणमा लिएर झापड हानेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लाइभमा आउँदै उनले प्रहरीबाट आफूलाई झापड हानिएको भन्दै उनले प्रहरीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताएका छन् ।

काठमाडौंको एक क्लबबाट आफूलाई प्रहरीले नियन्त्रणमा लिएर एक घन्टासम्म हिरासतमा राखेको पनि उनको भनाई छ । उनले, आफूहरु एक नाइट क्लबमा रहेको र क्लब बन्द हुने समय भएपछि बाहिर निस्कने तयारी गर्दै गर्दा प्रहरी आएर बाहिर निस्किन दबाब दिएको उनले बताएका छन् ।

उनले क्लबमा आफ्नोे बिल तिर्न बाँकी रहेको बताइरहँदा प्रहरीले काँधमा समातेर घिसार्दै बाहिर लैजान खोजेको पनि बताएका छन् । उनले, आफ्नो गल्ती के छ भनेर सोधेको तर प्रहरीले एक्कासी गालामा कडा झापड हानेको फेसबुक लाइभमा बताएका छन् । उनले, यस्तो थप्पड आफूले जीवनमा कहिल्यै पनि नखाएको पनि दाबी गरेका छन् ।

सुशान्तले भनेका छन्–‘मेरो बुबा–आमाले हात उठाएको म सहन सक्छु । तर, विना कारण प्रहरी वा कसैले मलाई हात उठाउन पाउँदैन ।’

सुशान्तले विगत १२ बर्षदेखि आफू नेपाललाई विश्वमाझ परिचित गराउन लागिपरेको तर आफ्नै देशमा प्रहरीबाट नराम्रो व्यवहार भोग्नुपर्दा दुःख लागेको उल्लेख गरेका छन् । सुशान्तले कसैलाई पनि झापड हान्ने अधिकार प्रहरीलाई नभएको पनि बताएका छन् ।

आफूले घरमा फोेन गर्छु भन्दा पनि प्रहरीले नदिएको उनको भनाई छ । आफूलाई सामान्य मानिस भएर हिड्न मन लाग्ने बताउँदै उनले प्रहरीलाई विना गल्ती गर्धनमा समातेर घिसार्न र झापड हान्ने अधिकार नभएको बताएका छन् । प्रहरीले कहिलेकाही राम्रो कुरा गर्दा गर्व लाग्ने तर यस्ता खालका भोगाइले सोेचाई नै परिवर्तन हुने उनको भनाई छ ।

सुशान्तले आफू चुप लागेर नबस्ने पनि चेतावनी दिएका छन् । भोलीका दिनमा अरुलाई यस्तो नपरोस् भनेर पनि आफूले आवाज उठाउने उनको भनाई छ । आफूले तयार पारेको भिडियो नेपाल प्रहरीसामु पुगेपनि उनीहरुलाई फरक नपर्ने उनको भनाई छ ।

सन् २०१२ मा भारतको चर्चित रियालिटी शोे ‘इन्डियाज सुपरस्टार’मा छनोेट भएर उत्कृष्ट १० सम्मको यात्रा तय गरेपछि सुशान्तको चर्चा चुलिएकोे थियो । उनको नेपाल र भारतमा लाखौं फ्यान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?