+
+

केपी ओलीको प्रतिक्रिया : एमालेको काम देखेर अताल्लिएकाहरूले षड्यन्त्र गरेर हटाए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १३:२५

१६ कात्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताएका छन् ।

एकपछि अर्को प्रदेश सरकार ढलेर हाल एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको बारेमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र गरेर सरकार हटाएको बताए ।

उनले एमाले नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनको सरकारले गरेको कामको फरक छुट्याउन जनतालाई सहज हुने प्रतिक्रिया दिए । चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सबै दल मिलेर ५२ प्रतिशत पुर्‍याएर प्रदेशमा सरकार बनाएको तर आफ्नो दल एक्लै ४८ प्रतिशत रहेको दावी गरे ।

उनले आगामी निर्वाचनमा दुई प्रतिशत मत बढाएर एकल बहुमत ल्याउने बताए । बढीमा १३ महिनाभित्र देशमा चुनाव गरिसक्नुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले पाँच दलीय गठवन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने बताए ।

उनले एमाले सिध्याए भनेर दंग नपर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिए । ‘हामीले जिताइदिएको हो, भोलि कसले बोकिदेला भनेर हिड्न परेको छ’ ओलीले भने, ‘माधव नेपालको हालत पनि उस्तै छ ।’ एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओली माडीको अयोध्यापुरी गएका छन् । भगवान रामको जन्म माडीमा भएको बताउँदै आएका ओलीले त्यहाँ आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?