+
+

छात्रा शिक्षा कोषको ४७ करोड राजस्वमा फिर्ता गर्ने मन्त्रालयको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:४५

१७ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रा शिक्षा कोषमा जम्मा भएको रकम राजस्वमा फिर्ता गर्ने तयारी गरेको छ ।

मन्त्रालयले कोषमा रहेको करिब ४७ करोड रकम छात्रवृत्तिको लागि प्रयोग नहुने भएपछि राजस्वमा फिर्ता गर्ने तयारी थालेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

शिक्षामा छात्राको पहुँच बढाउनको लागि खडा गरिएको रकम प्रयोगमा नआई मन्त्रालयले फिर्ता गर्ने तयारी अगाडी बढाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन् ‘शिक्षामा छात्राहरुको पहुँच बढाउनका लागि दिनुपर्ने छात्रवृत्तिमा सरकारले कुनै कटौती गरेको छैन । छात्रा शिक्षा कोषबाट दिईएको भन्दा बढी रकम अहिले पाईरहेका छन् ।’

प्रवक्ता शर्माको भनाई अनुसार सरकारले विद्यार्थीहरुलाई विभिन्न शिर्षकमा छात्रावृत्ति दिन थालेपछि दोहोरो छात्रावृत्ति दिन नमिल्ने भएकोले छात्रा शिक्षा कोषको रकम राजस्वमा फिर्ता गर्ने तयारी भएको हो ।

‘सरकारले अहिले विपन्न छात्रवृत्ति, अपांग छात्रवृत्ति, दलित छात्रवृत्ति, आधारभूत तहका छात्रछात्रालाई दिईने छात्रवृत्ति भएपछि दोहोरो गर्नु हुँदैन ।’ उनी भन्छन् ‘त्यसैले छात्रा शिक्षा कोष चाँहि हामीले नचलाउने भन्ने तिर काम गरिराखेको हो । निर्णय प्रकृयामा छ ।’

आर्थिक वर्ष ०६१-६२ मा स्थापना भएको कोषमा जम्मा हुने रकमको ब्याजबाट सामुदायिक विद्यालयका कक्षा १२ सम्मका छात्रालाई छात्रवृत्ति वितरण गर्ने मन्त्रालयको योजना थियो। कोषमा जम्मा रकम खर्च नभएपछि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको थियो ।

छात्रवृत्तिको लागि छुट्याईएको रकम बैंकको मुद्घति खातामा जम्मा गरेर त्यसको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारको योजना थियो । तर अहिलेको सरकारी नियम अनुसार सरकारी रकम मुद्घती खातामा राख्न नपाईने र चल्तीमा राख्दा पनि ब्याज लिन नमिल्ने भएको छ ।

जुन उद्देश्यको लागि राखिएको कोष हो त्यो प्रयोजनको लागि प्रयोग नहुने भएपछि कोष राखिराख्नु पर्ने सान्दर्भिक नदेखिएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएपछि फिर्ता गर्ने तयारीमा मन्त्रालय निर्णयमा पुगेको प्रवक्ता खनालले बताए ।

अहिले छात्रवृत्ति विपन्न लक्षित कार्यविधि र आधारभूत तहको छात्राछात्र छात्रवृत्तिको कार्यन्वयन निर्देशिका अनुसार वितरण भइरहेको उनले बताए । छात्रवृत्ति वितरणमा कुनै पनि अस्पष्टता नभएको र यदि कुनै पालिका तथा विद्यालयलाई अस्पष्टता भए मन्त्रालयले सहजीकरण गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?