
१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् ।
अध्यक्षका लागि उम्मेदवारी दिन मंगलबार अन्तिम मिति रहेको थियो । अन्तिम समयसम्म उपाध्यायकोमात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत संघको अध्यक्ष बन्ने पक्का भएको हो । यद्यपि घोषणा भने एक सातापछि अर्थात आगामी मंगलबार मात्रै हुनेछ ।
उनी यस अघि संघको उपाध्यक्ष थिए । संघमा दुई नयाँ सदस्यहरु समेत चयन हुने भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो ।
सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन हुने भएका छन् । रिक्त यी पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन हुने पक्का भएको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।
प्रतिक्रिया 4