

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुर युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह बी को खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै लिभरपुलले दुई खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
लिभरपुलका लागि डिएगो जोटाले १३औं र साडियो मानेले २१औं मिनेटमा गोल गरे ।
३६औं मिनेटमा फिलिपेले रातो कार्ड पाएपछि एट्लेटिकोले दश खेलाडीमा रहेर खेलेको थियो । तर त्यसको फाइदा लिभरपुलले उठाउन भने सकेन ।
दोस्रो हाफमा लिभरपुलका जोटा र एट्लेटिकोमा लुइस सुआरेजले गोल गरेपनि भिएआरले मान्यता दिएन ।
लगातार चौथो जितपछि लिभरपुलले अपराजित यात्रा कयामै राख्दै १२ अंक जोडेर शीर्ष स्थानमा छ ।
एट्लेटिको मड्रिड ४ अंकसहित तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टो र इटालियन क्लब एसी मिलानले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
लुइस डियाजको गोलमा पोर्टोले सुरुमा अग्रता लिए पनि मेम्बाले आत्मघाती गोल गरेपछि मिलानले दोस्रो हाफमा खेल बराबरी गर्न सफल भयो । पोर्टो सात अंक जोडेर दोस्रो स्थानमा छ भने मिलानले पहिलो अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित