 
																			१८ कात्तिक, काठमाडौं । चितवनको बसेनी सबस्टेशन चार्ज भएपछि भरतपुर क्षेत्रमा ३६ घण्टापछि बत्ती बलेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले गएराति १ बजेदेखि भरतपुरको औद्योगिक क्षेत्र बाहेकमा विद्युत बल्न थालेको जानकारी दिए ।
एउटा ट्रान्सफरमर आज पोखराबाट ल्याइएको र त्यो जोडेपछि आज वा भोलिभित्र सबैतिर बिजुली बल्ने घिसिङले बताए ।

ट्रान्सफरमर जडान लगायतको काम छिटो गराउन कुलमान रातिसम्मै बसेनी सबस्टेशनमा बसेका थिए ।
चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएको थियो । जसका कारण भरतपुर महानगरपालिका–१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुँदा तिहारको समयमा उपभोक्ता मर्कामा परेका थिए । अस्पताल लगायतका अत्यावश्यक सेवाका क्षेत्रमा भने टाँडी, चनौली लगायतबाट बिजुली आपूर्तिको व्यवस्था मिलाइएको थियो ।
काममा ढिलासुस्ती भएपछि कुलमान चितवन पुगेर कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । काममा ढिलाइ हुन नदिन रातिसम्मै उनी फिल्डमा खटिएका थिए ।

 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4