+
+

अमेरिकाले पेगासस स्पाइवेयर कम्पनीलाई कालोसूचीमा राख्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १८:१५

१८ कात्तिक, काठमाडौं । अमेरिकाले पत्रकार र सरकारी अधिकारीको निगरानीमा प्रयोग भएको पेगासस नामक स्पाइवेयर निर्माता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले बुधबार पेगासस स्पाइवेयर निर्माता एवं इजरायली कम्पनी एनएसओलाई बन्देज गरिएको कम्पनीको सूचीमा राखेको हो । पेगासस स्पाइवेयरमार्फत प्रभावशाली व्यक्तिको निगरानी भएको समाचार बाहिरिएपछि उक्त कम्पनी विवादमा पर्दै आएको छ ।

पत्रकार, मानव अधिकारकर्मी, राजनीतिज्ञ र व्यवसायीसहित लाखौं मानिस पेगासस सफ्टवेयरको निशानामा परेको समाचार बाहिरिएलगत्तै एनएसओ विवादमा तानिएको हो ।

केही समयअघि पेगाससबाट संक्रमित भएपछि स्मार्टफोन जासुसीको माध्यम बन्ने र यसबाट  प्रयोगकर्ताले लक्षित सन्देश पढ्न सक्ने, आफ्ना तस्वीर हेर्न सक्ने, आफू रहेको स्थान पत्ता लगाउन सक्ने समाचार बाहिरिएको थियो । तर कम्पनीले भने कालोसूचीमा राख्ने अमेरिकी कदमको विरोध गरेको छ । आफूले बनाएका ‘प्रविधिले आतंकवाद तथा अपराध रोक्दै अमेरिकाको राष्ट्रिय सुरक्षा चासो एवं नीतिको समर्थन गर्ने’ कम्पनीको भनाइ छ ।

‘यो निर्णय फिर्ता गर्नुपर्ने पक्षमा उभिने छौं,’ एनएसओका एक प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले लेखेका छन् ।

अमेरिकाले ह्याकिङ टुल्स तस्करीको आरोप लागेका इजरायली कम्पनी कान्डिरु, सिंगापुरको कम्प्युटर सेक्युरिटी इनिसिएटिभ कन्सल्टेन्सी र रुसी कम्पनी पोजिटिभ टेक्नोलोजीलाई समेत कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका यी कम्पनीले अबदेखि अमेरिकी संगठनबाट सामान किन्न वा आयात गर्न पाउने छैनन् । त्यस्तै, कालोसूचीमा परेपछि अमेरिकी अनुसन्धानकर्तालाई सूचना वा प्रविधि बेच्न कठिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?