
१८ कात्तिक,काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा देउवाले थुप्रै देशका नेताहरुसँग साइडलाइन भेटवार्ताहरु गरे । साथै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्री भोजमा पनि नेताहरुसँग प्रधानमन्त्री देउवाको भेट भयो ।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्ता प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘बाइडेनसँग भेट्दा टोपी लगाएर गएको थिएँ, उनले चिनिहाले ।’ उनका अनुसार यसअघि नेपाल आइसकेका बाइडेनले आफूलाई नेपाल खुब मन पर्ने समते सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4