+
+

गोरखामा जुवाको खालबाट एक लाख रुपैयाँसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १३:१९

१९ कात्तिक, गोरखा । गोरखा नगरपालिका–८ चाइनिजधाराको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर- ८ का मन्दीप श्रेष्ठ, विवश केसी, मनोज खत्री, जीवन बिसी, वडा नम्बर ६ का गणेश बराम र शहीद लखन गाउँपालिका–८ का रमेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका- ६ का किसान गुरुङ, रौतहटको गरुडा नगरपालिका–२ का फेकु सहनी र महोत्तरीको गौशाला नगरपालिका–७ का भुपेन्द्र शाहलाई पनि पक्राउ गरिएको डीएसपी प्रकाश दाहालले बताए ।

जुवाको खालबाट १ लाख १ हजार ८ सय नगद र तास बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसूर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?