+
+

अधिकांश दक्षिण एसियाली मुलुकमा पाइन्छ कोभिड-१९ लाई घातक बनाउने जीन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते २०:००

१९ कात्तिक, काठमाडौं । युनिभर्सिटी अफ अक्सफोर्डका वैज्ञानिकहरुले कोभिड संक्रमणका कारण फोक्सोमा हुने संक्रमण र मृत्युको जोखिम दोब्बर बनाउने जीन पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार दक्षिण एसियाली मुलका ६० प्रतिशत र युरोपीय मुलका १५ प्रतिशत मानिसमा यो वंशाणुगत जीनको हुन्छ । तर कोरोना खोपले यो जीनका कारण हुने जोखिमलाई निकै कम गर्छ ।

द निचर जेनेटिक्सको अध्ययनले बेलायतका केही समुदाय र दक्षिण एसियाली मुलुकमा मानिसहरुमा किन कोभिडको उच्च जोखिममा परेका हुन् भन्ने देखाउँछ ।

यसअघि भएको अध्ययनलाई आधार मानेर शोधकर्ताहरुले जेनेटिक शोध र आर्टिफिसियल इन्टेलिजेन्सको मदतबाट यो खास जीन पत्ता लगाएका हुन् । एलजेडटीएफएल–१  (LZTFL 1) नाम दिइएको यो जीनेले कोभिड संक्रमणको समयमा जोखिम बढाउन भूमिका खेल्छ ।

शोधकर्ताहरुको अनुमान छ कि यो जीन अफ्रिका–क्यारेबियन मुलका २ प्रतिशत र पूर्वी एसियाली मुलका १.८ प्रतिशत जनसंख्यामा छ । मुख्य शोधकर्ता जेम्स डेविसका अनुसार यो जीन सबै मानिसलाई समान असर गर्दैन । कुन व्यक्तिलाई यसका कारण कति जोखिम हुन्छ भन्ने थुप्रै कुरामा निर्भर रहन्छ, जसमध्ये एउटा उमेर पनि हो ।

अध्ययनकर्ताहरुका अनुसार जोखिमपूर्ण यो जीनको उपस्थितिले मानिसको फोक्सोलाई कोरोना भाइरसबाट बढी खतरा रहन्छ । उनीहरुको अनुमान छ कि यो जीनका कारण रोग प्रतिरोधका लागि फोक्सोले बनाउने कोष निर्माणको सुरक्षात्मक प्रणालीलाई नै असर गर्छ । जब फोक्सोका ती कोष कोरोना भाइरसको संसर्गमा पुग्छ, तब प्रतिरोधको एउटा उपाय स्वरुप ती कोषहरु भाइरसलाई कम प्रश्रय दिने खालका कोषमा परिणत हुन्छन् । यो प्रक्रियाका कारण कोषमा कोरोना भाइरस टाँसिने एसीई–२ नामक प्रोटिनको मात्रा कम हुन्छ ।

तर एलजेडटीएफएल–१ जीन भएका मानिसहरुमा कोषबाट प्रोटिन कम हुने प्रक्रियाले राम्ररी काम नगर्ने देखिएको छ, जसले गर्दा फोक्सोका कोषहरु कोरोना भाइरसको उच्च जोखिममा रहन्छन् । अनुसन्धानकर्ताहरुका अनुसार यो जीनले फोक्सोलाई असर गरे पनि शरीरको रोग प्रतिरोधी क्षमतालाई भने असर गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?