+
+

पर्सामा तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

रासस रासस
२०७८ कात्तिक २० गते १२:०३

२० कात्तिक, वीरगञ्ज । तीन महिनाको अवधिमा पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट एक  करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आर्थिक वर्षमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?