ब्राजिलमा विमान दुर्घटनामा परी गायिका मेन्डोन्सासहित ५ जनाको मृत्यु


२० कात्तिक, काठमाडौं । ब्राजिलमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार एक गायिकासहित पाँच जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणपूर्वी मिनास गेरैस राज्यको ग्रामीण क्षेत्रमा उक्त विमान दुर्घटना भएको हो ।
दुर्घटनामा ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्सासहित उनका काका, निर्माता र दुई जना प्राविधिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गायिका मेन्न्डोन्सा आफ्ना क्रु मेम्बरसहित काराटिन्गा शहरमा जाने क्रममा शुक्रबार साँझ उक्त विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थल उक्त शहरभन्दा १२ किलोमिटर टाढा पर्छ ।
मेन्डोन्सा सन् २०१९ की ग्रामी अवार्ड विजेता समेत हुन् ।
एजेन्सीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4