+

प्रिमियर लिग : म्यानचेष्टर डर्बीमा सिटी विजयी

२०७८ कात्तिक  २० गते २०:५५ २०७८ कात्तिक २० गते २०:५५
प्रिमियर लिग : म्यानचेष्टर डर्बीमा सिटी विजयी

काठमाडौं । प्रिमियर लिगमा शनिबार भएको म्यानचेष्टर डर्बीमा सिटी विजयी भएको छ । सिटीले म्यानचेष्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडका एरिकले सातौं मिनेटमै आत्मघाती गोल गर्दा सिटीले अग्रता बनाएको थियो । बर्नाडो सिल्भाले पहिलो हाफको अन्तिममा गोल गरे ।

जितपछि ११ खेलबाट २३ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड समान खेलबाट १७ अंङ्कसहित पाँचौ स्थानमै यथावत छ ।

 

म्यानचेष्टर डर्बी म्यानचेष्टर युनाइटेड म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय