+
+

वार्नरको ८९ रनसँगै अष्ट्रेलियाको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते २१:०५

काठमाडौं । डेभिड वार्नरले अविजित ८९ रन बनाएपछि अष्ट्रेलियाले टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिज जलाई ८ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा वेष्ट इण्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले १६.२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर वार्नरले ५६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८९ रन बनाए भने  मिचेल मार्सले ३२ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५३ रन जोडे । यी दुईले दोस्रो विकेटका लागि १२४ रनको साझेदारी गरेका थिए ।

कप्तान आरोन फिन्चले ९ रन जोडे । वेष्ट इन्डिजका अखिल होसेन र क्रिस गेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि कप्तान किरन पोलार्डले सर्वाधिक ४४ रन बनाए भने आन्द्रे रसेल ७ बलमा १८ रन बनाएर अविजित रहे ।

अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए ।

सुपर १२ मा ५ खेलमा चौथो हारसँगै साविकको विजेता वेष्ट इण्डिज बाहिरिएको छ ।

सुपर १२ मा चौथो जितपछि अष्ट्रेलिया भने ५ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ । समान अंक भएपछि नेटरनरेटमा इंग्ल्याण्ड अगाडि छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?