+
+

ललितपुरको ज्वागलमा एक युवती मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १५:५९
फाइल तस्वीर

२१ कात्तिक, काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

‘बाहिर पसल थियो, आफन्तले देखेपछि अस्पताल लगेछन्’ उनले भनिन्, ‘तर अगाडि नै मृत्यु भइसकेको रहेछ ।’

शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ, यसमा अरु कुनै कारण छ कि भन्नेबारे पनि अनुसन्धान हुन्छ ।’ उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । विस्तृत अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?