+
+

इन्टर र एसी मिलान बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते ८:०४

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको मिलान डर्बी खेलमा इन्टर र एसी मिलानले एक-एक को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लाउटारो मार्टिनजेले पेनाल्टीमा गोल गर्न नसक्दा इन्टरले जित हात पार्ने अवसर गुमायो । खेलमा इन्टरले दुई पेनाल्टी पाउदा एसी मिलानका पूर्व खेलाडी समेत हाकान चालहानोग्लुले भने गोल गरेका थिए । एसी मिलानका लागि पनि इन्टरले नै आत्मघाती गोल उपहार दिएको थियो ।

सान सिरोमा भएको खेलको ११ औं मिनेटमै हाकानले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर इन्टरका स्टेफन डे भर्जले १७औं मिनेटमा आत्मघाती गोल गरेपछि मिलानले खेल बराबरी गर्‍यो ।

२७औं मिनेटमा इन्टरले अग्रता बनाउने अवसर पाएपछि मार्टिनेजले पेनाल्टी खेर फाले । मार्टिनेजको प्रहार एसी मिलानका गोलकिपर क्रिप्रिएन टाटारुसारुले बचाए ।

बराबरीपछि एसी मालन १२ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा छ । इन्टर समान खेलबाट २५ अंकसहित तेस्रो स्थानमा छ । नापोली समान अंक भएपछि एसी मिलान गोल अन्तरमा पछि छ ।

यस्तै गएराती भएको खेलमा शीर्ष स्थानको नापोलीले भेरोनासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

जिओभानी सिमिओनीले गोल गर्दै भेरोनालाई पहिले अग्रता दिलाएपनि जिओभानी डि लरेन्जोले नापोलीका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि नापोली ३२ अंकसहित शीर्ष स्थानमैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?