+
+

हाइड्रोपावरमा पनि मर्जर, रिडी र रैराङ एकआपसमा गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १६:१०

२२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा जस्तै जलविद्युत कम्पनीहरुमा पनि मर्जर शुरु भएको छ । रिडी हाइड्रो पावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् ।

रैराङ हाइड्रोपावरसँग मर्जर सम्झौता समेत भइसकेको रिडीका कर्पोरेट प्रवन्धक सन्तोष अधिकारीले जानकारी गराएका छन् ।

अधिकारीले नेपाल स्टक एक्सचेञ्मा गरेको पत्राचार अनुसार दुई कम्पनीहरुबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भई दुवै तर्फबाट मर्जर कमिटि समेत बनिसकेको छ ।

मर्जर कमिटिले आवश्यक छलफल गर्ने सहमति जुटाउन बाँकी विषयमा सहमति गरेपछि दुई कम्पनीहरु एक आपसमा गाभिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?