+
+

रियालिटी शो ‘द स्पिकिङ टाइटन’ घोषणा, माल्भिकादेखि दिलभुषणसम्म छन् जज

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते २१:२०

काठमाडौं । बोल्ने र बोल्न चाहने प्रतिभालाई स्थान दिने उद्देश्यले रियालिटी शो ‘द स्पिकिङ टाइटन’को घोषणा गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा डिजिटल अडिसन खुला गरिएको जानकारी दिइयो ।

डिजिटल तथा भौतिक दुबैै माध्यमबाट अडिसन लिइने ’द स्पिकिङ टाइटन’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र दामी मिडिया एपमार्फत इच्छुकले प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् ।

‘द स्पिकिङ टाउन’को आधिकारिक फेसबुक पेजमार्फत ३ मिनेटको कुनै एक विषयमा भिडियो बनाई पठाउन सक्नेछन् । प्रतियोगिताको लागि बिश्वभरका नेपालीभाषीले सहभागिता जनाउन सक्ने भएका छन् ।

प्रतियोगिको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त बोल्न सक्ने क्षमतावान् हुनुपर्ने सर्त राखिएको छ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

शोमा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जनाइएको छ । होस्टको रुपमा सौनक भट्ट हुनेछन् । दामी मिडियाको प्रस्तुति रहेको यो शोको कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् ।

यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । यो कार्यक्रम प्राइम टिभीमा प्रसारण हुनेछ भने डिजिटलतर्फ ओएसआर रियालिटी र दामी म्युजिकमा स्ट्रिम हुनेछ ।

जेठको अन्तिम साताबाट टेलिभिजनमा शो प्रसारण गरिने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?