+
+

प्रधानन्यायाधीश जबराले तोके आफ्नै लागि इजलास, सबै प्रकृतिका मुद्दा पेसीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १०:४९

२३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ ।

बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् ।

मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि समेत एकल इजलास तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् । उनको यो कदमबाट अरु न्यायाधीशहरू थप असन्तुष्ट हुने सम्भावना बढेको सर्वोच्च अदालतस्रोतले बतायो । स्रोतले भन्यो, ‘अब त झनै दुवै पक्षबीच संवाद हुने वातावरण पनि विथोलिदै गएको देखिन्छ ।’

नेपाल बार एशोसिएसनले सोमबार रातिमात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो । यसबाट आन्दोलिन कानून व्यवसायीहरू पनि थप आक्रोशित हुने निश्चित भएको छ ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश जबराले इजलास तोकेपछि उनीबाहेकको अरु इजलास बस्ने सम्भावना छैन । स्रोतले भन्यो, ‘हदै भए एक/दुई वटा इजलास बस्न सक्छन् । त्यो सम्भावना पनि निकै कम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?