+
+

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १५:०५
प्रदेश प्रमुखमा सिफारिस भएकाहरु बाँयाबाट क्रमश: परशुराम खापुङ, तिलक परियार र देवराज जोशी ।

२३ कात्तिक, काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?