+
+

आफू खुशी काम नगर्न बैंकहरुलाई गर्भनर अधिकारीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:५३

२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर आफू खुशी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन् ।

मंगलवार काठमाडौंमा नेपाल बैंकर संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेच्छालाई नजरअन्दाज गरी आफु खुशी काम नर्गन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका हुन् ।

उनले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए । उनले बैंकहरुले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग गराए ।

बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्न समेत आग्रह गरे ।

बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकहरु प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment