+
+

कोरोनापछि फेरि बक्स अफिसमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १२:३५

दुई वर्षसम्म कोरोना महामारीका कारण समस्यामा रहेको मनोरञ्जन दुनियाँ चलमलाउन थालेको छ । विश्व बजारमा हलिउड र बलिउड चलचित्रले फेरि एकपटक उत्साह थपेका छन् ।

हलिउड चलचित्रले विश्व बजारबाट करोडौंको व्यापार गर्दैगर्दा बलिउड चलचित्रको व्यापार पनि कम छैन ।

गत सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘इटर्नल्स’ले विश्व बजारबाट १२ सय करोडको व्यापार गरेको छ । यस्तै, सेप्टेम्बर ३० तारिखबाट रिलिज भएको ‘जेम्स बन्ड’ सिरिजको पछिल्लो चलचित्र ‘नो टाइम टु डाइ’ले विश्व बजारबाट ३,७०० करोडको व्यापार गरेको छ ।

नेपालमा पनि यी चलचित्रले दर्शकको मन जितेका छन् । भारतमा तिहारको अवसरमा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ र रजनीकान्तको मुख्य भूमिका रहेको साउथ चलचित्र ‘अन्नाथे’ले पनि बक्स अफिसमा धमाका मच्चाएका छन् ।

‘सूर्यवंशी’ले विश्व बजारबाट चार दिनमा ११६ करोडको व्यापार गरेको छ । यस्तै, साउथ चलचित्र ‘अन्नाथे’ले पाँच दिनमा विश्वभरबाट १७४ करोडको व्यापार गरेको छ ।

यसरी हेर्दा कोरोनाका कारण थला परेको मनोरञ्जन दुनियाँले फेरि उत्साह जगाएको विश्लेषण हुन थालेको छ । दुई वर्षसम्म ठूलो पर्दामा चलचित्र हेर्न नपाएका दर्शक हलसम्म पुग्न थालेका छन् ।

कोरोनाको समयमा ओटीटी प्लेटफर्ममा दर्शकहरु आकर्षित हुँदा हलको क्रेज सकिन्छ भन्ने चर्चा नभएको होइन । तर कोरोना संक्रमण कम हुँदै जाँदा र राम्रा चलचित्र प्रदर्शन हुँदा हलमा दर्शक फर्किन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?