+
+

कांग्रेस महाधिवेशनको तालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १२:४२

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनलाई निर्धारित मितिमै सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए ।

नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पदाधिकारी निर्वाचित गर्नु छ । अत्यन्तै छोटो कार्यतालिका छ । तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर ।’

उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाउन सफलता मिलोस् भन्ने कामना पनि गरे ।

‘स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली कांग्रेसलाई उतार्नु छ’ उनले भने, ‘प्रतिस्पर्धापछि पार्टी भित्र गर्ने समर्पण र एकतामा पनि सफलता मिलोस् ।’

जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?