
बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ ।
ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुको विवाहमा आफन्त र फिल्म क्षेत्रका केही सीमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरिएको छ । तर अहिलेसम्म राजकुमार र पत्रलेखाको तर्फबाट भने विवाहको औपचारिक घोषणा भएको छैन ।
राजकुमार र पत्रलेखा सन् २०१० देखि डेटिङ गरिरहेका छन् । त्यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘लव सेक्स और धोखा’मा राजकुमारलाई देखेपछि आफूले मन पराएको पत्रलेखाले बताएकी छन् । यस्तै एक टेलिभिजन विज्ञापनमा देखेर आफूले पत्रलेखालाई मन पराएको राजकुमार बताउँछन् ।
यो जोडीले फिल्म ‘सिटीलाइट्स’मा सँगै काम गरेको छ ।
प्रतिक्रिया 4