+
+

कृषि उद्यमलाई प्रवर्द्धन गर्न नबिल बैंक र सहजबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:१६

काठमाडौं । नबिल बैंक र स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश–१ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र अनुसार परियोजना तयार पारिएको बैंकले जनाएको छ ।

नबिल बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँगको साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वस्त रहेको बताए ।

समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुविधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी/व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउन सघाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?