+
+

सबभन्दा प्रि–म्याचुअर जन्मिएका बच्चा, जसको वजन आधा किलो पनि थिएन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १७:०७

काठमाडौं । विश्वकै सबभन्दा कम तौलको बच्चा एक पाउण्ड अर्थात आधा किलो भन्दा पनि कमको छ । यो बच्चा अमेरिकामा जन्मिएका हुन्, जसलाई विश्वकै सबभन्दा प्रि–म्याचुअर बच्चा समेत भनिएको छ ।

कर्टिस मीन्स नाम दिइएको बच्चाको जन्म गत वर्ष बर्मिघमस्थित अलाबामामा भएको थियो । जन्मिदा उनको तौल केवल ४२० ग्राम थियो ।

सामान्यतया गर्भावस्थाको समय ४० हप्ताको हुन्छ । तर कर्टिसको जन्म २१ हप्तामै भएको थियो । अर्थात कर्टिस सामान्य नवजात शिशुहरुभन्दा लगभग १९ हप्ता अघि नै जन्मिएका थिए ।

उनकी आमा मिसेल बट्लरलाई ४ जुलाई २०२० मा प्रसूति व्यथाले च्यापेको थियो र उनलाई अस्पताल लगिएको थियो । अस्पताल लगिएको भोलिपल्ट मिसेलले जुम्ल्याहा बच्चा कर्टिस र सी आस्यालाई जन्म दिइएकी थिइन् । तर जन्मिएको भोलिपल्ट सी आस्याको मृत्यु भयो ।

यति छोटो समयमा जन्मिएका बालबालिका बाँच्ने सम्भावना निकै कम हुन्छ । यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम बालबालिका बाँच्छन् । तर चिकित्सक र कर्टिसका आमा–बुबाले हार मानेन् । बढी सावधानीपूर्वक उनीहरुले कर्टिसलाई आईसीयूमा राखेर निरन्तर हेरचाह गरिरहे ।

कर्टिसलाई करिब ३ महिनापछि भेन्टिलेटरबाट निकालेर २७५ दिनसम्म अस्पतालमै राखियो । २७५ दिनपछि अस्पतालबाट डिस्चार्ज गरिए पनि चुनौती भने अझै सकिएको छैन । चिकित्सकहरुले कर्टिसलाई मुखबाट सास फेर्न र खाना सिकाउनु परेको थियो ।

मिसेल बट्लरले आफ्नो एक बयानमा भनेकी छन्, ‘अन्ततः कर्टिसलाई आफ्ना घर लगेर उसको दाइ/दिदीहरुसँग भेट गराउन सकेको त्यो क्षण म जीन्दगीभर सम्झिरहनेछु ।’ कर्टिसका तीन जना दाइ/दिदीहरु छन् ।

यद्यपि कर्टिसलाई अझै पनि अक्सिजन सपोर्ट र फिडिङ ट्यूबको आवश्यक छ । उनको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकहरुले बताएका छन् ।

बर्मिघमस्थित अलबामा विश्वविद्यालयका नियोनेटोलोजिस्ट ब्रायन सिम्सले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा भनेका छन्, ‘म यो पेशामा लागेको करिब २० वर्ष भयो, तर उ जतिको बलियो बच्चा मैले कहिले देखेको थिएन । उनी केही विशेष छन् ।’ कर्टिसको हेरचाह डा. सिम्सकै निगरानीमा भएको थियो ।

यसअघि सबैभन्दा प्रि–म्याच्युअर बच्चा २१ हप्ता दुई दिनमा जन्मिएका थिए । यो बच्चा विस्कन्सेनमा जन्मिएका थिए र उनको नाम रिचर्ड हचिन्सन थियो ।

रिचर्ड अघि यो कीर्तिमान ३४ वर्षसम्म ओटावामा जन्मिएका एक बच्चाको नाममा थियो । उनी २१ हप्ता ५ दिनमा जन्मिएका थिए ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?