+
+

मूलगेटमा कानुन व्यवसायीको धर्ना, वैकल्पिक बाटोबाट सर्वोच्च पुगे प्रधानन्यायाधीश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ११:०१

२६ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन् ।

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार बिहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा बिहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment