+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

डीएसपी तिमिल्सिनाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ११:०८

२६ कात्तिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।

‘उहाँ केही पहिला कोरोना पोजेटिभ पनि हुनुभएको थियो । तर, पछि ठीक हुनुभएको थियो,’ एसपी धमलाले भने, ‘तर उहाँको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहनुभएको थियो ।’

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?