+
+

डारिल मिचेल: भुल्न नसकिने न्युजिल्याण्डका हिरो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १४:५४

२६ कात्तिक, काठमाडौं। डारिल मिचेल न्यूजिल्याण्डको राष्ट्रिय रग्वी टिम ‘अल ब्ल्याक्स’ का पूर्व खेलाडी एवं प्रशिक्षक जोन मिचेलका छोरा हुन् । उनी अल ब्ल्याक्स वरपर नै हुर्किए र स्कुलमा हुँदा हिउँदमा रग्वी समेत खेल्गे । डारिल मिचेलको सपना भने ब्ल्याक क्याप अर्थात् न्युजिल्याण्ड क्रिकेट टिमको सदस्य बन्ने थियो ।

डारिल मिचेल सुपर स्म्यासको बेस्ट फिनिसर बने । न्यूजिल्याण्डको घरेलु प्रतियोगितामा पछिल्लो पाँच वर्षमा उनले भन्दा बढी छक्का कसैले हानेका छैनन् । सन् २०२०-२१ को घरेलु सिजनमा कोलिन ग्रान्डहोम चोटका कारण बाहिरिएपछि डारिल मिचेल उनको स्थानमा आएका थिए । र यो पटक उनी न्यूजिल्याण्डको टी-२० विश्वकप टिममा समावेश भए ।

उनलाई जिम्मी निशमसँगै फिनिसरको रुपमा छनोट गरिएको थियो । टी-२० विश्वकपको मुख्य प्रतियोगिता सुरु हुनुअघिको अभ्यास खेलका क्रममा उनै फिनिसर संयोगले ओपनर बने । उनी ट्रयाकबाट अघि आए र रहस्यमय स्पीनरहरू वरुण चक्रवर्ती र मुजिव उर रहमानको अगाडि खेल्न थाले ।

मिचेल आफैं एउटा ठूलो रहस्य बने । उनले स्काई स्पोर्ट्स एनजेडमा मार्टिन गुप्टिलकी श्रीमती एवं ब्रोडकास्टर लाउरा म्याकगोलड्रिकलाई ब्याटिङ गर्न जानुअघि ओपनिङ पार्टनर गुप्टिलसँगै ‘फ्रोजन’ गीत गाउने सुनाएका थिए । त्यसअघि, मिचेल ओपनर समेत हुन् भनेर धेरैलाई थाहा थिएन होला ।

इंग्ल्याण्डका खेलाडी प्रतिस्पर्धामा अब्बल छन् । लिएम लिभिङस्टोनले डभोन कनवेलाई लेगस्पीन बलिङ गरे, किनकी उनी लेफ्ट ह्यान्डर भएकाले अफस्पीन भन्दा यस खाले स्पीनसामू कमजोर देखिँदै आएका थिए । तर तपाईँले कसरी यस पटकको विश्वकपपूर्व कहिल्यै टी-२० क्रिकेटमा ओपनिङ नगरेका खेलाडी विरुद्ध योजना बनाउन सक्नुहुन्छ ?

००००

पावर प्लेमा अबुधाबीमा १६६ रन जोगाउने क्रममा इंग्ल्याण्डको योजना अनुसार नै सबै कुरा भइरहेको थियो । क्रिस वोक्सले टेष्ट म्याचको बलिङ लाइन र लेन्थ हिट गर्नै गप्टिल र कप्तान केन विलियम्सलाई आउट गरे । उनले उत्कृष्ट रुपमा आउटस्वीङ्गर बलिङ गरे ।

मिचेलको आउटसाइड किनारा हुँदै बल गयो । त्यतिबेला महामारीको बीचमा पनि आफ्नो छोराले सबैभन्दा ठूलो प्रतिस्पर्धा खेलेको हेर्न अबुधाबी पुगेका मिचेलका आमाबाबु आत्तिएका थिए ।

मिचेलले समेत असहज महसुस गरिरहेका थिए । उनलाई फिल्ड रेस्ट्रिक्सनबाट कसरी फाइदा लिने भनेर थाहा थियो । तर ब्याटमा राम्रोसँग बल आइरहेको थिएन । त्यहाँ न्यूजिल्याण्डले अपेक्षा गरेजस्तो शीत पनि थिएन ।

मिचेल बललाई ब्याटले हान्ने प्रयास गरिरहेका थिए, तर उनको केही लागेन । उनले कडा स्वीङ गर्दागर्दै आफ्नो लय नै गुमाएका थिए । मार्क उडले आफ्नो गति र उछालले उसलाई दबाब दिइरहे ।

मिचेलले आदिल रसिदविरुद्ध रिभर्स स्वीप गर्न खोजिरहेका हुन्छन्, तर लेगस्पीनरले मिचेलको पहुँचभन्दा बाहिर लेगब्रेक गर्छन् । लियम लिभिङस्टोनले पनि उनलाई अफब्रेक र लेगब्रेकमार्फत् दबाब दिइरहेका थिए । मिचेलले ‘एक बल एक रन’ गर्दै २८ रनमा खेलिरहेका थिए ।

गप्टिल र विलयम्स आउट भइसकेका थिए । मिचेलको तुलनामा कनवे फरक-फरक तरिकासहित राम्रोसँग खेलिरहेका थिए । तर लिभिङस्टोनले कनवेलाई आउट गरेपछि आवश्यक रनरेट १० भन्दा माथि पुग्यो । कनवेकी आमा स्यान्डीले आफ्नो हातले टाउको छोपिन् । न्यूजिल्याण्ड सहायताविहीन बन्यो । न्यूजिल्याण्ड समर्थकहरु पनि निराश बने ।

त्यसपछि भने खेल न्यूजिल्याण्डको पक्षमा मोडियो । मिचेलले आफ्नो स्वभाविक खेल खेल्न थाले । मैदानमा शीत देखिन थाल्यो र आदिल रसिदले पनि आफ्नो लय गुमाए । १८औं ओभरमा उनलाई मिचेलले छक्का प्रहार गरे ।

मिचेलले आफ्नो अर्धशतकमा खासै खुशियाली मनाएनन्, तर उनको बुबा आमाको अनुहारमा हँसो छाउन थाल्यो । दुई बलपछि रासिदले ‘रङ अन’ मार्फत जिम्मी निशमलाई आउट गर्दा न्युजिल्याण्ड क्याम्पको हाँसो फेरि हरायो ।

न्युजिल्याण्डलाई अन्तिम दुई ओभर अर्थात १२ बलमा जितका लागि २० रन आवश्यक थियो । वोक्स आफ्नो अन्तिम ओभरमा बलिङ गर्न आए । बल न स्वीङ हुन्थयो न त सिम नै । त्यसैले वोक्सले पिचमा ‘कटर बलिङ’ गर्न थाले ।

यद्यपी मिचेल क्रिजको डिपमा बस्छन् र बल कुर्छन् अनी त्यसलाई लङ अनमा न्युजिल्याण्डको डगआउटमा पुर्‍याउँछन् । मिचेलकी आमाले शान्तसँग प्रार्थना गरिरहेकी हुन्छिन् । वोक्सले त्यसपछि ‘अन पेस शर्ट’ बल खेल्छन्, तर मिचेलले त्यसलाई पनि मिड विकेटमाथि प्रहार गर्छन् । शक्तिशाली स्ट्राइकपछि उनकी आमा नाच्न थाल्छिन् ।

ग्लेन फिलिप्स, शेन बोन्ड, काएल जेमिसन सबै उभिन्छन् र खुशीले हात उठाउँछन् । यी तीनै जना २०१९ मा न्युजिल्याण्डको टिममा थिएनन् । निशम र विलियम्स भने आफ्नो सिटबाट उठेनन् र आफ्नो भित्री भावना व्यक्त गरेनन् । जीत नजिकै पुगेर थोरै अन्तरले हार्नुको अर्थ उनीहरुलाई थाहा थियो ।

अबुधाबीमा मिचेलले वोक्सको अन्तिम बलमा बाउन्ड्री प्रहार गरेका थिए । त्यसपछि मिचेलले आफ्नो मुठ्ठी माथि उठाए र उनलाई बच्चादेखिका साथी मिचेल सान्टनरले अंगालो हाले । यी दुवै जना नर्दन डिस्ट्रिक्टमा संगै क्रिकेट खेलेर हुर्किएका थिए ।

मिचेलका आमाबाबुले दर्शक दीर्घामा किवी फ्यानका साथ खुशीयाली मनाए ।नसोचेको ६-६-४ को श्रृंखलाबद्ध बाउन्ड्रीले न्युजिल्याण्डलाई पहिलो पटक टी२० विश्वकपको फाइनलमा पुर्‍यायो ।

सन् २०१६ मा कार्लोस ब्रेथवेइटले कलकत्तामा बेन स्टोक्सलाई अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरेका थिए । पाँच वर्षपछि नयाँ हिरोको रुपमा डारिल मिचेल आएका छन् । जसले इंग्ल्याण्डलाई विगतको उक्त अनुभव सम्झाए ।

र यसरी सुपर स्म्यासका बिग ड्याडीले ह्वाइट बल क्रिकेटका बिग ड्याडीहरूलाई हराइदिए । यही कारण डारिल मिचेललाई भुल्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?