+
+

धितोपत्र बोर्ड सञ्चालकमा अञ्जन श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १०:२५

२६ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त सञ्चालक समिति सदस्यमा उद्योगी-व्यवसायी अञ्जन श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सिफारिसमा वस्तुगततर्फका उपाध्यक्ष श्रेष्ठ बोर्ड सञ्चालक नियुक्त भएका हुन् ।

बोर्डमा निजी क्षेत्रको प्रतिनिधिको रुपमा महासंघले सिफारिस गरेको पदाधिकारीलाई चयन गर्ने गरिएको छ । यसअघि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सञ्चालक थिए ।

सवोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा नाम समेत मुछिएपछि उनले आफू व्यवसायमा केन्द्रित हुने भन्दै महासंघ अध्यक्ष गोल्छालाई सञ्चालकमा अर्को प्रतिनिधि पठाउन अनुरोध गरेका थिए ।

नयाँ सञ्चालक बनेका श्रेष्ठ महासंघका उपाध्यक्ष हुन् । केही दिनअघि नै महासंघले प्रतिनिधि पठाए पनि श्रेष्ठले विहीबारदेखि औपचारिक रुपमा जिम्बेवारी ग्रहण गरेका छन् । अध्यक्ष गोलछाका अनुसार श्रेष्ठ विहीबार बोर्डको बैठकमा समेत पहिलो पटक सहभागी भएका छन् ।

अहिले बोर्ड अध्यक्ष पद भने रिक्त छ । तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि सरकारलाई बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्तिको काम अघि बढाएको छ । नयाँ अध्यक्ष बन्न करिब एक दर्जनले अर्थ मन्त्रालयमा आवेदन बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?