+
+

चार पूर्वउपकुलपतिको वक्तव्य : सरकार र दलहरु संवेदनहीन हुनु आश्चर्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १७:१६
संयुक्त विज्ञप्ति जारी गर्नेमध्येका एक त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा ।

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिले नेपाल बार एशोसिएसनको आन्दोलनको न्यायोचित निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।

सरकार र राजनीतिक दलहरुले भने न्यायालयको समस्या न्यायालयले नै समाधान गरोस् भन्दै आएका छन् ।

त्रिविका चार पूर्वउपकुलपति महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जङ्ग शाहले शनिबार संयुक्त वक्तव्य जारी गर्दै बार एशोसिएसनको आन्दोलनप्रति जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि दुर्भाग्य भएको बताएका छन् ।

न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन आन्दोलनले अविलम्ब निकास पाउन जरूरी रहेको भन्दै उनीहरुले भनेका छन्, ‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ ।’

जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्दै उनीहरुले भनेका छन्, आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालोस्, हाम्रो आग्रह छ ।’

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?