+
+

कांग्रेस केन्द्रीय समिति बैठकको के के छ एजेण्डा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते २०:२२

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय महाधिवेशन हुन एक महिना मात्रै बाँकी रहँदा कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाहरु तय गर्न शनिबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले पछिल्लो पटक सार्वजनिक गरेको महाधिवेशनको संशोधित कार्यतालिका केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । त्यस्तै महाधिवेशन गर्न विभिन्न समयमा पार्टीको विधानका दफाहरुमा भएको हेरफेरलाई केन्द्रीय समिति बैठकमा पेश गरिने प्रवक्ता शर्माले बताए । साथै उनले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने विषयमा पनि छलफल हुने बताए ।

‘अब महाधिवेशनको सुनिश्चिता भएको छ, केन्द्रीय समिति बैठकले समग्रतामा उत्साह र उर्जाका साथ सबै महाधिवेशनतर्फ लागौं भन्ने सन्देश दिन्छ,’ प्रवक्ता शर्माले भने । विभिन्न देशमा रहेका जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यता सूचीलाई अनुमोदन गर्नेबारे पनि छलफल भएको नेताहरुले बताए ।

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?