+
+

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १२:१०

२८ कात्तिक, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

दुर्घटनामा  कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी, १९ वर्षीय सुशील चौधरी  र कोल्हवी-९  बस्ने २० वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई  उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका सागर र सुशीलको उपचारको क्रममा मृत्यु भएको र अशोकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायभ उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार सवारी दुर्घटनाका घाईते कलैया उपमहानगरपालिका- ९ बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?