+
+

कोप-२६ सम्मेलन : जलवायु संकट रोक्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १२:०१
कोप-२६ का अध्यक्ष आलोक शर्मा

२८ कात्तिक, काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न कोप-२६ सम्मेलनमा सहभागी झण्डै २ सय राष्ट्रहरू जलवायु संकट रोक्न सहमत भएका छन् ।

कोप-२६ मा सहभागी राष्ट्रहरूले जलवायु परिवर्तनको असर रोक्ने एउटा नयाँ सहमति गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सहमतिमा उत्सर्जन तीव्र गतिले कम गर्ने र जलवायु परिवर्तनको असरसँग जुध्न विकासशील राष्ट्रलाई थप सहयोग गर्ने विषय उल्लेख छ ।

तर डरलाग्दो रुप लिँदै गरेको तापमान वृद्धिसँग जुध्न नयाँ सहमति पर्याप्त नभएको र पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्न नसक्ने भन्दै कतिपय मुलुकले असन्तुष्टि जनाएका छन् ।

ग्लास्गो सहमति हरित गृह ग्यास उत्सर्जनको मुख्य स्रोत कोइलाको प्रयोग घटाउने विषय उल्लेख छ र कोइलासम्बन्धी पहिलो सहमति हो । तर कोइलालाई विस्थापित गर्ने शब्दावलीको स्थानमा चरणबद्ध रुपले यसको प्रयोग कम गर्ने शब्दावली राखिएको भन्दै कतिपय मुलुकले सहमतिबाट आफूहरू निराश बनेको बताएका छन् ।

विशेषगरी साना टापू राष्ट्रले नयाँ सहमतिको फितलो शब्दावलीका कारण आफूहरू निराश बनेको बताएका छन् ।

यता, कोप-२६ का अध्यक्ष आलोक शर्माले ग्लास्गो जलवायु सम्मेलन जसरी सम्पन्न भयो त्यसप्रति क्षमा मागेका छन् । तर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पर्याप्त नभए पनि नयाँ सम्झौता महत्वपूर्ण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?