+
+

अनुदानका लागि प्रेस काउन्सिलले माग्यो निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ७:०३

२९ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका दिन निवेदन आह्वान गरेको छ ।

मिडिया विकास कोषको आर्थिक वर्ष २०७८/७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार अनुदानका लागि काउन्सिनल सूचना जारी गरेको हो ।

अनुदानका लागि तोकिएको सर्त पूरा गरी ३५ दिनभित्र काउन्सिलको कार्यालयमा निवेदन दिने सूचनामा उल्लेख गरिएको छ ।

काउन्सिले निवेदनका आधारमा २० जिल्लामा एक/एकवटा दरले ल्याप्टप खरिदका लागि ४० प्रतिशत, पाँच जिल्लामा एक/एकवटा क्यामेरा खरिदका लागि ३० देखि ४० प्रतिशत, दुईवटा प्रेस स्थापनाका लागि अनुदान, दुईवटा रेडियो स्थापना र प्रत्येक प्रदेशबाट दुई/दुई जनालाई इन्टरनेट जडानमा अनुदान दिनेछ ।

यस्तै, पत्रकारका लागि प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई लेखनवृत्ति र स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि प्रत्येक प्रदेशबाट एकजना गरी ७ जनालाई अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ ।

सहायताका लागि एउटा मिडियाबाट एक जना पत्रकारले कुनै एक सुविधाका लागि मात्रै निवेदन दिन पाइने छ भने सञ्चार गृहले पनि कुनै एक सुविधानका लागि मात्रै निवदेन दिन पाउनेछ ।

काउन्सिलले दुर्गम, स्थानीय र यसअघि सुविधान नलिएका पत्रकार र सञ्चार माध्यमलाई प्राथमिकतामा दिइने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?