+
+

कोरोना खोप नलगाएकालाई लक्षित गरी अष्ट्रियामा लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ७:५१

२९ कात्तिक, काठमाडौं । कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका करिब दुई लाख नागरिकहरुलाई लक्षित गरी युरोपेली देश अष्ट्रियामा आजबाट लकडाउन सुरु गरिएको छ ।

यस निर्णयअनुसार कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका व्यक्तिहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाउने छैनन् । अर्थात् १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्न बाहेक हिंडडुल गर्न पाउने छैनन् । पहिलो डोज लगाएकाहरु पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिंडडुल गर्न अनुमति छ ।

अष्ट्रियाका चान्सलर अलेक्जेन्डर शेलेनवर्गले भनेका छन्, ‘हामीले यस कदमलाई हल्का ढंगले लिएका छैनौं तर दुर्भाग्यवस यो आवश्यक छ ।’

अष्ट्रियामा पश्चिम युरोपमा कोरोनाविरुद्धको खोपको मात्रा सबैभन्दा कम दिइएको छ । अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि कोरोना संक्रमणको दर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?