

३० कात्तिक, काठमाडौं । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेको डेनमार्क युरोपियन छनोटको अन्तिम खेलमा पराजित भएको छ ।
यसअघि लगातार ९ खेल जितेको डेनमार्क समूह एफको अन्तिम खेलमा स्कटल्याण्डसँग २-० ले पराजित भएको हो । घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्याण्डका लागि जोन सुटर र चे एडम्सले गोल गरे ।
डेनमार्क १० खेलबाट २७ अंक जोडेर शीर्ष स्थानमा रहँदा स्कटल्याण्ड २३ अंक जोड्दै दोस्रो भयो । स्कटल्याण्डले अब विश्वकप पुग्नका लागि प्लेअफ खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment