+
+

‘आरआरआर’सँग नभिड्ने भयो आलियाको ‘गांगुबाई काठियावाडी’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १२:०१

३० कात्तिक, काठमाडौं । सन् २०२२ को जनवरी ७ मा साउथ चलचित्र ‘आरआरआर’ रिलिज हुँदैछ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

यही मितिमा निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘गांगुबाई काठियावाडी’ पनि रिलिज हुने पक्का भएको थियो । यो चलचित्रमा नायिका आलिया भट्ट शीर्ष भूमिकामा छिन् ।

तर, भन्सालीले ‘आरआरआर’सँगको भिडन्तलाई टारेका छन् । यो चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारिएको छ ।

अब यो चलचित्र सन् २०२२ को फेब्रुअरी १८ तारिखमा रिलिज हुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताएको छ ।

बलिउडमा सञ्जयलीला भन्साली र साउथमा एसएस राजमौली ऐतिहासिक कथामा चलचित्र निर्देशन गर्न माहिर मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?